गलकोट– सालझण्डी–ढोरपाटन सडक पुनःनिर्माणका लागि रु. ६० करोड बजेट स्वीकृत भएको छ ।


ADVERTISEMENT


जिल्लाको ढोरपाटन नगरपालिकामा २०७७ भदौ १७ गते राति आएको बाढीले क्षति गरेको राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक पुनःनिर्माणका लागि रु. ६० करोड बजेट स्वीकृत भएको हो ।


ADVERTISEMENT

# # #


नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिराले खोला थुनिएर अचानक फुटेपछि भुजीखोलाको बाढीले वडा नं ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पुर्‍याउनुका साथै करीब १० किलोमिटर सडक बगाएको थियो । बाढीमा परेर २३ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

बाढीले सबैभन्दा बढी ढोरपाटन–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भुजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडक बगरमा परिणत गराएको थियो । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाले ढोरपाटन नगरपालिकाको समन्वयमा झण्डै रु पाँच करोड खर्चेर सडक एक महिनापछि सञ्चालन गरेको थियो । रासस