काठमाडौँ– नवनियुक्त स्वास्थ्यमन्त्री दिपक बोहरा आज मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेकाहरुलाई विनाविभागीयको बनाएपछि स्वास्थ्यमन्त्रीमा राप्रपाबाट बोहरा ले पदभार ग्रहण गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले हिजो राप्रपाका चार मन्त्रीहरुमा कमल थापालाई उपप्रधानमन्त्री तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिएका थिए । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापालाई महिला, बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकेका थिए ।

यस्तै स्वास्थ्यमन्त्रीमा माओवादीका गिरिराज मणि पोखरेल बिनाविभागीय भएपछि त्यसको जिम्मेवारी दिपक बोहराले पाएका हुन् ।