काठमाडौँ– नवनियुक्त उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले देशका सबै स्थानमा लोडसेडिङ अन्त्य गर्ने अभियान जारी राख्ने बताएका छन् । उनले अर्को फरक प्रशंगमा घोषित प्रतिनिधि र प्रदेशसभाको चुनाव नसर्ने र तोकिएकै मितिमा चुनाव हुने बताए ।


ADVERTISEMENT


बुधबार दिउसो पदभार ग्रहणपछि पत्रकारसँग कुराकानी गर्दै थापाले भने, ‘चुनाव आचारसंहिताका कारण नयाँ काम गर्न कठिन छ, तर लोडसेडिङ अन्त्य गर्नका लागि प्रक्रियामा रहेका सबै कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने छु ।’


ADVERTISEMENT

# # #


देशका सबै स्थानमा लोडसेडिङ हटाउन आफूले सक्दो प्रयास गर्ने उनको भनाइ छ ।

निर्माणको प्रक्रियामा रहेका जलविद्युत् आयोजनाहरु समयमै निर्माण सम्पन्न गर्नको लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् । उनले चुनाव समयमै गराउने सुनिश्चितताका लागि आफूहरु सरकारमा आएको बताए ।

अहिले उद्योग क्षेत्रमा दैनिक ३ घन्टासम्म लोडसेडिङ छ । यसलाई हटाउन प्राधिकरणले भने प्रयास गरिरहेको छ ।