काठमाडौँ – हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि “एचबीएल डलर प्रीपेड कार्ड“ सुविधा प्रचलनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत हिमालयन बैँकका खातावालाहरुले वर्षमा पाँच सय अमेरिकी डलरसम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।


ADVERTISEMENT


बैँकका अनुसार उक्त कार्ड सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न बैँकले आग्रह गरेको छ । हाल बैंकले ७१ शाखा, ४ विस्तारित काउन्टर, १४६ एटीएम र ४२०० भन्दा बढी पीओएस टर्मिनल मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।