प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिसकिएकाले निर्वाचन आयोग र राजनीतिक दलहरुको तयारी पनि सोही अनुरुप अगाडी बढिरहेको छ । चुनावमा आफू कमजोर भएका ठाउँमा अन्य राजनीतिक दलहरुसंग गठबन्धन गरेर निर्वाचन आफ्नो पक्षमा पार्ने खेल नौलो होइन तर केही दिन यता कम्यनिस्ट पार्टीहरुले गर्ने भनेको बाम गठबन्धनको हल्लाले नेपाली राजनीति यतिबेला तातेको छ । उता कम्युनिस्ट पार्टीहरुले बाम गठबन्धनको निमार्ण गरिरहँदा यता नेपाली कांग्रेसले पनि लोकतान्त्रिक शक्तिहरुलाई एक गराउन लागेको पनि गाँईगुईँ सुनिन्छ । यही मेसोमा वर्तमान राजनीति र निर्वाचनको बारेमा हिमालयपोस्टले २०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट संखुवासभाबाट प्रतिनिधित्व गरेका पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिपक खड्कासंग कुराकानी गरेको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मिति तोकिसकिएको अवस्थामा चुनावी माहोल कत्तिको तातेको छ ?


ADVERTISEMENT

# # #


अहिले सबै पार्टीहरु समानुपातिक तथा प्रत्यक्ष तर्फको टिकट वितरणको क्रममा छन् । नेता कार्यकर्ता मात्र नभई सबै जनता चुनावमा होमिएको अवस्था छ । मुलूकले परिवर्तन गरेसंगै नागरिक पनि त्यो परिवर्तनलाई ग्रहण गरेर संस्थागत गर्नेमा लागेको देखिन्छ । यो नेपालका लागि सकारात्मक कुरा हो जस्तो लाग्छ । त्यसैले निर्वाचन आयोग र सबै पार्टीहरु चुनावको तयारीमा भएपछि मुलूक नै निर्वाचनको तयारीमा निश्चित रुपमा हुने नै भयो । तयारीलाई कार्यान्वयनतिर लानु पर्यो ।

नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहँदा चुनाव सम्पन्न गराउने जिम्मेवारी पनि कांग्रेसकै काँधमा छ । त्यसलाई कार्यान्वयनतिर लैजानका लागि कांग्रेसको तयारी के छ ?

हामीहरुले भन्ने गरेका छौँ कि निर्वाचनले प्रजातन्त्र वा लोकतन्त्रको संस्थागत व्यवस्थापन गर्छ । नेपाली कांग्रेस लोकतन्त्र स्थापना गर्न, कानुनी राज्य स्थापना गर्न, मुल्य मान्यता स्थापना गर्न लामो संघर्ष गरेको पार्टी भएका कारणले मुलूक र जनताले जित्नुपर्छ भन्ने मान्यतामा हिड्ने र त्यसलाई जनताले मन पराईदिँदा कांग्रेसले जितेको श्रृङ्खलाहरु धेरै छन् । तर कहिले त्यो मान्यतालाई जनतासामू हामीले राम्ररी बुझाउन नसक्दा अलिकती सङ्ख्यामा तलमाथि भएजस्तो देखिन्छ । तर यसलाई हामीले गौण मान्छौँ । हामी व्यवस्था नै बलियो बनाउनु पर्छ भन्ने भएका कारण कांग्रेस त्यसैको तयारीमा रहेको छ ।

अहिले पार्टीहरुमा गठबन्धने हुने, राजनीतिक ध्रुविकरण बढ्ने जुन क्रम देखिएको छ । यसमा यहाँको दृष्टिकोण के छ ? यसका लागि नेपाली कांग्रेसको रणनीति कस्तो छ ?

यो स्वभाविक प्रक्रिया हो । हाम्रो गाउँ घरमा भन्ने चलन छ ‘बाख्रा बाख्रासंग भेडा भेगासंग’ । यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन । कहिले एउटै समूहभित्र जुध्ने, छुट्टिने हुन्छ भने कहिले जुट्ने हुन्छ । यो अत्यन्तै सामान्य पक्रिया हो । त्या भएकाले यसले खासगरी नेपाली कांग्रेसलाई फाइदा पुर्याएको छ । हामी के भन्छौँ भने लाकतन्त्रमा धेरै पार्टीहरु हुनुपर्छ । लोकतन्त्रमा प्रतिस्पर्धा हुनु पर्छ र प्रतिस्पर्धा जनतालाई केन्द्रबिन्दुमा राखेर गरिनु पर्छ । जनताले विश्वास गरेका आधारमा मत प्राप्त हुने भएका कारण जनता केन्द्रबिन्दमा हुन्छन् । पार्टी बढी भएका कारण प्रतिस्पर्धा पनि बढी हुनु पर्छ । जती मात्रामा प्रतिस्पर्धा धेरै हुन्छ त्यती नै बढी मात्रामा जिम्मेवारी महशुस हुन्छ र उनीहरु जनताप्रति उत्तरदायी हुन्छन् अनि जनताको विकास र समृद्धि हुन्छ । त्यस कारण पार्टी धेरै भएको नराम्रो होइन ।

नेपालको अवस्थामा यो राजनीतिक संकटलाई स्थायित्व तर्फ लिइसके पछि अब आर्थिक् कुरामा जोड दिनुपर्छ भन्दै गर्दा पार्टीहरुका बुझाईहरु एक ठाउँमा आउँछन् । अहिले जुन पार्टी एकीकरण भयो यसलाई पनि एक किसिमले सकारात्मक रुपमा लिनु पर्छ । मान्छेले जन्मिँदै अस्तित्व खोज्छ, भूमिका खोज्छ । स्वभावलाई एकछिन न्यनिकरण वा नियन्त्रण गर्न सकिन्छ । तर सधैँ नियन्त्रण गर्न सकिँदैन । नेपाली राजनीतिको सन्दर्भमा पार्टी एकिकरण भएपनि त्यो स्वभावको व्यवस्थापन हुन्छ जस्तो मलाई लाग्दैन । यो भोलि छियाछिया हुने अवस्था आउँछ । नेपाली कांग्रेस पनि बीचमा फुटेकै हो नि । अहिले पनि यसको व्यवस्थापन राम्रो रुपले भइसकेको छैन । तर चुनावकै मुखमा कम्यनिस्टहरु मिलिदिँदा हामीलाई अझ बल पुगेको छ । हाम्रा आन्तरिक समस्या पनि व्यवस्थापन भए । लोकतान्त्रिक शक्तिहरु, प्रजातन्त्रका हिमायतीहरु एक ठाउँमा बस्ने वातावरण पनि बन्यो । त्यसकारण फेरि पनि नेपाली कांग्रेसले बहुमत ल्याउँछ भन्ने कुरामा म विश्वस्त छु । यसका लागि नेपाली कांग्रेसले गरेका कुराहरु जनता सामू बुझाउन सक्नु पर्छ ।

जनताले चाहे जस्तो संविधान नेपाली कांग्रेको नेतृत्वमा बन्यो, सबैजसो राजनीतिक आन्दानेलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेर यो अवस्थामा पुर्यायो । तराईमा सल्केको आगोलाई निभाउँदै भूगोल र जातियताको नाममा भएको र हुनसक्ने लडाईँलाई टुङ्गोमा पुर्याएर तराईमा निर्वाचन सम्पन्न भयो । यो नेपाली कांग्रेस र मुलूकका लागि ठूलो उपलब्धी हो । यती पनि गर्न नसकेको भए आज चुनाव हुने अवस्था आउने थिएन । मुलूक फेरि द्वन्द्वमा फेरि धकेलिने ठूलो आशंकाबाट पनि मुक्त भएको अवस्था छ । अब मुलूकको आर्थिक क्रान्तिको लागि पनि नेपाली जनताले कांग्रेसलाई जिताउने पर्ने कुरामा म विश्वस्त छु ।

आउँदो निर्वाचनमा कम्युनिस्टहरुको गठबन्धन वा तालमेल हुने भन्ने जुन किसिमको प्रचार भइरहेको छ । यदि त्यो साच्चिकै भयो भने फेरि पनि नेपाली कांग्रेसले नै सरकारको नेतृत्व गर्ने भन्ने तपाईको भनाईमा त धक्का लाग्ला नि ?

लोकतन्त्रकै लागि पनि नाम फरक भएपनि कम्युनिस्ट पार्टीहरु लागेको हुँदा खेरी उनीहरुलाई पनि म आफूले भन्दा लोकतन्त्र वादी नै भन्नु पर्छ । उनीहरुको नाम र चरित्र कम्युनिज्म वा अधिनायक वादको भएपनि जानेर वा नजाने लोकतन्त्रका लागि कांग्रेसकै पछाडी लागेर लोकतन्त्रका लागि काम गर्नु पर्ने बाध्यता र उनीहरुलजे गर्दै आएको भूमिकालाईि हेर्दा लोकतन्त्रवादीमा परिष्कृत हुन थालिसके भन्ने लागेको छ । अब राजनीतिक मुद्दा सकियो । यहाँ कुनै अधिनायकवाद आउनेवाला छैन । सरकार एउटाले सञ्चालन गर्छ अर्को बलियो प्रतिपक्षी चाहिन्छ । यसले विकास गर्न सहज हुन्छ । सरकारलाई चनाखो राख्ने पनि एउटा शक्ति हुन्छ । उनीहरु एक ठाउँ हुँदै गर्दा पनि नेपाली जनताले कांग्रेसको भूमिकालाई नियाल्दा सरकार हामीले बनाउने र कम्यनिस्टहरुले बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने मेरो अनुमान छ ।

संखुवासभाको निर्वाचनको माहोल कसरी तातेको छ ? जनताहरु कत्तीको उत्साहित छन् ? अन्य दलहरु जस्तै नेपाली कांग्रेसले त्यहाँ कुन हिसाबले आफ्नो चुनावी अभियानलाई अगाडी बढाएको छ ?

स्वभाविक रुपले मैले अघि भनेको जस्तै हो । संखुवासभाका जनता पनि नेपाली भएकै कारणले नेपालमा भएका परिवर्तनलाई स्वागत गरेकै छन् । संखुवासभाका जनता पनि विकासप्रमी भएका कारण मलूक बनाउनै चाहन्छन् । सबै दलले उम्मेद्वारी दिए जस्तै म आफू पनि उम्मेद्वारको रुपमा तयार भइसकेको हुँदा मैले यसलाई सहज रुपले ग्रहण गरेको छु । मैले गरेका कामका कारणले, मेरा क्रियाकलापले र संखुवासभावासी विकासप्रेमी भएका कारणले फेरि एक चोटी परिणाम मेरो पक्षमा आउने मैले विश्वास गरेको छु ।

त्यहाँका नेता कार्यकता र आम मतदातालाई दिपक खड्कालाई भोट दिनकालागि आफ्ना एजेण्डा सहित के भन्न चाहनुहुन्छ ?

मैले धेरै पटक भन्ने गरेको छु । यो फरक ढंगको निर्वाचन हुँदैछ । हामीले व्यवस्थालाई व्यवस्थित गर्दै संविधानलाई कार्यान्वयन गराउनु छ । सकेसम्म सबैले मतदान गर्नबाट नचुकुन भनेर म भन्न चाहान्छु । अर्कोण् संखुवासभावासीहरुले प्राकृतिक स्रोतको उपयोग कम भएको र त्यसलाई पूर्ण रुपले सदुवयोग गरेर सम्पन्न संखवासभा बनाउने क्ष्ँमता मसंग भएको उहाँहरुले देखिसक्नु भएको कारणले मलाई फेरि एकपटक विजय गरिदिन म आग्रह पनि गर्दछु । र त्यो कुरामा म विश्वस्त पनि छु ।

संखुवासभामा राजनीतिक गठबन्धनको सम्भावना कस्तो देखिन्छ ?

यो राजनीतिक गठबन्धनलाई म धेरै विश्वास पनि गर्दिँन । जनता मत हाल्न स्वतन्त्र छन् । कार्यकर्ता स्वतन्त्र छन् । स्वतन्त्र व्यक्तिले स्तन्त्र रुपमा आफ्ना विचार र अधिकार अभिव्यक्त गर्न पाउनु पर्छ । त्यो अधिकारका लागि कांग्रेस लडेको हो । त्यस कारण मलाई भोट दिने मान्छे एमाले समर्थक पनि हुनसक्छ । मलाई भोट दिने मान्छे माओवादी समर्थक पनि हुनसक्छ । मैले बुझ्ने भनेको संखुवासभाका जनता हो । उनीहरुको समृद्धि हो । उनीहरु सबैका लागि मैले काम गर्नुपर्छ । त्यो भएका कारण गठबन्धनमा म त्यती विश्वास गर्दिंन ।

अब तोकिएकै मितिमा निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेसको विजय पछि विकास र समृद्धिको सुरुवात हुन्छ भन्ने कुरा जनतालाई कसरी प्रस्ट गर्नुहुन्छ ?

मैले अहिले १६५ निर्वाच्न क्षेत्र कै हुनेवाला उम्मेद्वार र त्यहाँको परिस्थितिलाई सरसर्ती मुल्याङ्कन गरेको थिएँ । एमाले र माओवादीको गठबन्धनलाई पनि मैँले नजिकबाट नियालेको थिएँ । गठबन्धन शिर्ष नेताहरुको स्वार्थको लागि मात्र भएको र जनता त्यसबाट सन्तुष्ट नभएको पाएँ । त्यस कारण १६५ वटा स्थानमध्ये नेपाली कांग्रेसले झण्डै ८४ सिट जति नेपाली कांग्रेसको पक्ष्ँमा हुने र अरु लोकतान्त्रिक शक्तिहरु जाड्दा १०० भन्दा बढी हुने मेरो अनुमान छ । त्यस कारणले गर्दा पनि नेपाली कांग्रेसले सरकार बनाउँछ बन्छ र एमाले, माओवादीहरु बलियो प्रमुख प्रतिपक्षीमात्र हुन्छन् ।