काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी नायव निरीक्षकसहित ३४ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका बीच सम्मान गरेको छ ।


ADVERTISEMENT


सम्मानित हुनेहरु मध्य ७ जनालाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि पुरस्कृत गरेको महाशाखाले जनाएको छ । यसरी पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार भिम बहादुर बोहोरा र बसन्त कुमार गौतम, प्रहरी जवानहरु क्रमशस् विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लाल बहादुर बि.क. र शंकर कुमार पन्त रहेका छन ।


ADVERTISEMENT

# # #


महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी जनक भट्टराईले नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई पालन गर्न दिँदै आएको निर्देशनको परिणाम स्वरुप घुस दिने १३६ जना चालकलाई कारबाही गर्न सफल भएको जानकारी दिए ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन । प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको एसएसपी भट्टराईले जानकारी दिए ।

आम सवारी चालकहरूलाई ट्राफिक नियमको पुर्ण पालना गर्न र उल्लङ्घन पश्चात हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ । यस प्रकारका गलत संस्कारले नियम नमान्ने परिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने महाशाखाको बुझाइ छ ।

यसरी आर्थिक पारदर्शीता एव सुन्य शहनसिलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई कारबाहीको दायरामा ल्याउनेलाई पुरस्कृत एव सम्मान गर्ने कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको छ ।

चालु आ.व.मा आर्थिक प्रलोभनमा पार्न खोज्ने १३६ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।