काठमाडौँ — बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ । बिहीबार राति आलियाले आफूलाई कोरोना संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन् ।


ADVERTISEMENT


उनले इन्स्टाग्राम पोस्टमा कोरोना परीक्षणमा आफूलाई पोजिटिभ देखिएको र आफू चिकित्सकको सल्लाहबमोजिम सुरक्षा प्रोटोकल पालन गर्दै होम क्वारेन्टाइनमा बसेको बताएकी छिन् ।


ADVERTISEMENT

# # #


यसअघि अभिनेता आमिर खान र गायक बप्पी लहिरीलाई पनि कोरोना पुष्टि भएको थियो । आमिर कोरोना पोजिटिभ भए पनि आफूलाई त्यस्तो कुनै जटिल समस्या नदेखिएको बताएका थिए । उनी होम क्वारेन्टाइनमै बसेका छन् । ६८ वर्षीय लहिरीलाई भने हल्का लक्षण देखिएकाले मुम्बईस्थित एक अस्पतालको आईसीयूमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७२ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ ।