विगतका वर्षहरुमा जस्तो हास्य कलाकारहरुको संगठन सिस्नोपानी नेपालले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बुधबार व्यंग्यात्मक देउसी कार्यक्रम आयोजना गरेको छ ।


ADVERTISEMENT


यस वर्षको देउसीमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, मधेसकेन्द्रित दलका नेताहरु कलाकारको प्रहारमा परेका छन् । त्यसैगरी आयल निगमका गोपाल खड्कादेखि मेडिकल माफिया र अख्तियारका प्रमुखसम्मलाई व्यंग्य गरिएको छ ।


ADVERTISEMENT

# # #


देशको समसामयिक परिस्थितिलाई सजीवरुपमा प्रस्तुत गरिएको कार्यक्रममा देशका प्रतिष्ठित हास्य कलाकारहरुको सहभागितामा छ । कार्यक्रममा आफैंमाथिको व्यंग्य सुन्नका लागि राजनीतिक दलका केही नेताहरु पनि सहभागी बनेका छन् ।

विगतका वर्षहरुमा जस्तै आयोजना गरिएको यसवर्षको व्यंग्यात्मक देउसीलाई सिस्नुपानी नेपालले ‘भ्रष्टाचारविरुद्ध सिस्नुपानी देउसी’ को संज्ञा दिएको छ ।