काठमाडौँ – नागार्जुन नगरपालिकाको बालकुमारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी ट्याङ्कीको शिलान्यास भएको छ ।


ADVERTISEMENT


काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत सञ्चालित बालकुमारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी ट्याङकी निर्माणको प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्य, नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र उपमेयर सुशीला अधिकारीबाट संयुक्त रुपमा शिलान्यास गरे ।


ADVERTISEMENT

# # #


कुल ३८ लाख ९४ हजार लागत अनुमान गरिएको खानेपानी ट्याङकी निर्माणमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट विनियोजित २० लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट विनियोजित १५ लाख र उपभोक्तामार्फत ५ लाख लगानी रहेको छ ।

उक्त कार्यक्रममा नागार्जुन नगरपालिकाका वडा सदस्य सुशीला नेपाल, बालकुमारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी ट्याङकीका अध्यक्ष लक्ष्मीराम शर्मा, सचिब शाश्वत सूबेदी, कोषाध्यक्ष मिरा मानन्धर, पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो ।