काठमाडौँ – दशककै चर्चित नेपाली गीत ‘फुलबुट्टे सारी….’ संस्कृत भाषामा पनि सार्वजनिक भएको छ ।


ADVERTISEMENT


अन्य विभिन्न भर्जनमा सार्वजनिक भएको यो गीत, अन्य भर्जनमा भनिएपनि अधिकांश गीत नेपाली भाषामै सार्वजनिक भएका छन् । केही भर्जन शब्द नै अनुवाद गरी गाइएकोमा ‘फुलबुट्टे सारी…’ संस्कृत भाषामै अनुवाद गरी गाइएको हो ।


ADVERTISEMENT

# # #


जागरण घिमिरेले संस्कृतमा गाइएको यो गीतको अनुवाद के एन स्वामीले गरेका छन् ।

१२ वर्ष पुरानो राजनराज शिवाकोटीको यो गीत टिकटकका कारण वर्षको शुरुदेखि नै चर्चामा आएको थियो । चर्चामा आएसँगै विभिन्न कभर गीत गाइएको यो गीतलाई कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न नेपाली भाषीसहित पञ्जाबी, युगाण्डा, हिन्दी भाषी संगीतप्रेमीले पनि गाइसकेका छन् ।

 

https://www.youtube.com/watch?v=Fsoo6uvhHJU&t=9s