बुटवल – नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का विच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


शुक्रवार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक कार्यक्रमकाबीच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाईदाहरु बारे जानकारी गराउदै औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण गरेका थिए ।

कार्यक्रमा बोल्दै नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी विच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबद्र्घनमा उल्लेख्य टेवा पुग्ने कुरा बताए ।