काठमाडौँ – आर्टमाण्डूको निर्माणमा बनेको म्युजिक भिडियो ‘वसन्त शिशिर’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT


वसन्तरशिशिर एक दुर्गम पहाडको नर्स र परिस्थिती बस बनेको एक बिद्रोही बिचको प्रेम सम्बन्धको कथा हो । त्यो सम्बन्ध वसन्त र शिशिरसँगै फरक बनिदिन्छन् । फेरि ती मौसम मात्र हैनन् । ती उनीहरुमाझको अनुभुति र भोगाई पनि हो । र प्रेमभित्र यी सबै कुराहरुलाई अटाउँदा त्यो कस्तो होला ? यस्तै कथा देखाउन खोजिएको वसन्तरशिशिरले प्रेमकै गहिराईलाई देखाउन खोजेको छ ।


ADVERTISEMENT

# # #


नर्स र बिद्रोहीबीचको प्रेमलाई देखाउन खोजिएको यस गीतमार्फत युद्ध सिर्फ विचारहरुको मात्र हुन्न, दुई पात्रहरुको बिचमा मात्र हुन्न एउटा मौसमले पनि अर्को मौसमले बनाएको खतलाई पुर्न खोजिरहेको हुन्छ र हिउँ, पानी, पालुवा यी मौसमको बद्लिने स्थितिमा पनि प्रेम साझा रहन्छ भन्ने देखाउन खोजिएको छ ।

गीतमा रोश्नी कार्की, सन्दीप श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मनाङ र लम्जुङ्गको मनै छुने स्थाहरुमा सुटिङ्ग गरिएको गीतलाई निर्देशन र सम्पादन नवीन भट्टले गरेका हुन् भने छायांकन ज्ञान चौलागाईले गरेका हुन् । आर्टमाण्डुले भिडियो प्रोडक्सन गरेको यो गीतमा कलरिङ्ग चानस पुन मगरले गरेका हुन् ।

यही कथालाई गीतमा कर्नेश राजथलाले गाएका हुन् जसमा रचना/संगीत हेम थामीको रहेको छ । गीतको एरेन्ज मन्जिल विक्रम केसीले गरेका छन् भने मिक्सिङ्गरमास्टरिङ्ग कोविद बज्रले गरेका हुन् ।

 

हेनुहोस् भिडियोमा

https://www.youtube.com/watch?v=L5eYSP_oe8s