काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त भएको छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेतका अब्दुल्लाहलाई आइतबारदेखि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।


ADVERTISEMENT


उनलाई एक वर्षसम्म नेपाली टिम हेर्ने जिम्मेवारी दिएको हो । उनले आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हाल्नेछन् ।


ADVERTISEMENT

# # #


अन्तर्राष्टिय फुटबल महासंघ (फिफा)ले विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो–लाइसेन्स हुनुपर्ने नियम ल्याएको छ । अब्दुल्लाहसँग प्रो–लाइसेन्स रहेकाले उनलाई प्रशिक्षक बनाइएको हो ।

नेपालले भर्खरैमात्र घरेलू मैदान दशरथ रंगशालामा खेलेको थ्री नेसन्स कपमा नेपाली टोलीको मुख्य प्रशिक्षकको भूमिका बाल गोपाल महर्जनले निभाएका थिए । जसमा नेपालले बंगलादेशलाई पराजित गर्दै उपाधी जितेको थियो ।