काठमाडौँ – साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज २५.७१ अंकले बढेर२६५७.६१ अंकमा पुगेको हो । यो हालसम्मकै उच्च अंक हो । यसअघि यो रेकर्ड २६४०.३५ मा फेब्रुअरी २१ मा थियो।


ADVERTISEMENT


कूल २१२ कम्पनीको१ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता शेयर रु ९ अर्ब ६८ लाख ५८ हजार ५५८ मूल्यमा खरिद बिक्री भए । आइतबार कारोवारपश्चात बजार पूँजीकरण रु ३६ खर्ब ७१ अर्ब ५४ लाख १० हजारको हाराहारीमा पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज ८ उपसमूहको शेयर ओरालो लाग्दा ५ उपसमूहको शेयर भने उकालो लागेको छ ।


ADVERTISEMENT

# # #


बैंकिङ १४.६७ , विकास बैंक २२.३९, जलविद्युत् ३७.१४, वित्त ४३.९६, निर्जीवन बीमा ५४३.९८, अन्य ६९.०५, लघुवित्त २३, जीवन बीमा १५४.८१ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार २०३.९, होटल र पर्यटन २९.८७, उत्पादन ८.०७, सामूहिक लगानी कोष ०.११ र लगानी उपसमूह २.४६ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४७ करोड ५६ लाख ९९ हजार ४९९ बराबरको कारोबार भयो । यस्तै माथिल्लो तामाकोशी र नेपाल पुनर्बीमा कम्पनीको पनि क्रमशः २८ करोड ४१ लाख ५३ हजार ९७८ र २६ करोड ८२ लाख १६ हजार ७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोवारका आधारमा वोमी लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् भने साल्ट ट्रेडिङका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।