काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको प्रदेश सरकारालाई नेकपा एमालेको माधव नेपाल समूहले साथ छाडेको छ । नेपाल समूहले प्रदेश सरकारलाई दिएको समथर्न फिर्ता लिँदै आफ्ना मन्त्रीहरुलाई समेत राजीनामा दिन निर्देशन दिएको हो ।


ADVERTISEMENT


आइतबार नेपाल समूका समूहका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठनको बाटो खोल्न भन्दै समर्थन फिर्ता लिएको हो । यसअघि नेकपा ओली समूहले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।


ADVERTISEMENT

# # #


नेपाल समूहले समेत समर्थन फितार्न लिएसँगै मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । शाहीको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन्।

वि.सं २०७४ मा  एमालेका २० जना सांसदमध्ये १९ जनाको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेको थियो ।