विराटनगर– बिना अपराध र सजाय मिति बिना नै ४ दशक कारागार जीवन बिताएका दुर्गाप्रसाद तिम्सिना स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल भर्ना भएका छन् ।


ADVERTISEMENT


उनको स्वास्थ्य उपचारको जिम्मा प्रदेश सरकारले लिएअन्र्तगत नै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सरकारका तर्फबाट गरिरहेको समन्वयमार्फत उनको स्वास्थ्य परीक्षण एवम् उपचार गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


स्वास्थ्य परीक्षणका लागि विराटनगर अस्पताल भर्ना भएका तिम्सिनाको आज दाँत, हातखुट्टाको सामान्य परीक्षण भएको जनाइएको छ । उनको उपचार तथा स्वास्थ्य परीक्षणका लागि उनीसंगै उनका भतिज गोपाल तिम्सिना पनि अस्पताल पुगेका छन् ।

हत्या मुद्दामा दार्जिलिङबाट पक्राउ परेका दुर्गाप्रसाद चार दशकसम्म बिना अभियोग र प्रमाणरहित नै ४० वर्ष जेल बस्नु परेको थियो। कलकत्ता उच्च अदालतको आदेशपछि चैत ७ गते दमदम सेन्ट्रल जेलबाट रिहा भएका उनको मुद्दा कलकत्ता उच्च अदालतमा सोमबार सुनुवाइ हुँदैछ।