काठमाडौँ – नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघबीच स्थानीय तयारी पोशाक उत्पादन व्यवसायीलाई आवश्यकता अनुसार बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता गरेको छ ।


ADVERTISEMENT


निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र किशोर नेपाल, अध्यक्ष, एन.एस.टी.पि.उ.एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । सो कार्यक्रममा नबिल बैँकको तर्फबाट मनोज कुमार यादव, प्रबन्धक–लघुवित्त विभाग र एन.एस.टी.पि.उ.एसको तर्फबाट सुमित प्रधान, उपाध्यक्षको उपस्थिति थियो ।


ADVERTISEMENT

# # #


साझेदारीको बारेमा बोल्दै निरज कुमार बस्नेत (डनिल)ले  यस रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यका साथ स्थानीय तयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत बिभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने बताए । उनले भने, ‘ नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एन.एस.टी.पि.उ.एस संगको यस सहकार्य मार्फत देशभरका स्थानीय व्यवसायिहरुको “मेक इन नेपाल“ उत्पादनहरुलाई प्रोत्साहन गरि सहयोग पुर्‍याउन उत्साहित छ ।’

त्यस्तै नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष, किशोर नेपालले भने ‘नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मुल नाराका साथ नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थापना भएको जानकारी दिए । उनले भने, ‘ आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठूलो सम्भावना र आशाको किरण तथा समृद्धिको बाटो हुनेमा हामी विश्वस्त छौ ।’

नबिल बैंकले देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका एजेन्टको वृहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ ।