काठमाडौँ – समृद्धि फाइनान्स कम्पनी लिमिटेड र आइएमई मोटर्स लिमिटेड बिच चैत्र २२ गते अशोक लेल्याण्ड ब्राण्डका हलुका सवारी कर्जा सम्बन्धि सम्झौता भएको छ ।


ADVERTISEMENT


सो सम्झौता अन्तर्गत आइएमईका ग्राहकले सवारी साधनको मुल्यको ७० देखि ८० प्रतिशत सम्मको सवारी कर्जा समृद्धि फाइनान्सबाट लिन सक्नेछन र कर्जा अवधि ५ देखि ७ वर्ष को हुनेछ यो सुविधा फाइनान्सको जुनसुकै शाखाहरुबाट लिन सक्नेछन ।


ADVERTISEMENT

# # #


सम्झौता आइएमई प्रधान कार्यालय पानिपोखरि, काठमाण्डौमा भएको हो । सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र आइएमई मोटर्सका तर्फबाट सञ्चालक सुमन पोखरेलले हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

साथै निकट भविष्यमा डेविट कार्ड, मोबाइल बैंकिङ्ग, क्युआर कोड, इन्टरनेट बैंकिङ्ग लगायतको प्रविधमा आधारित भुक्तानी सेवा पनि संचालनमा ल्याउँदैछ ।