बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैँडा गणकको मृत्यु भएको छ । आइतवार साँझ ५ः४५ बजेको समयमा बर्दिया ठाकुरबाबा ९ गैंडामचानस्थित निकुञ्जभित्र गैंडा गणना गर्न गएका माउते पुलीसराम थारुको मृत्यु भएको हो ।


ADVERTISEMENT


थारुलाई बाघले हात्तीबाट भुइँमा झरेको अवस्थामा बाघले आक्रमण गरी २ सय मिटर टाढा लगि मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए । घटनाको जानकारीपछि ७ः१५ मा इलाका प्रहरी कार्यालय बग्नाहबाट प्रहरी नायव निरिक्षक कबिराज रोकायको कमाण्डमा गएको टोलीले बाघलाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT

# # #