काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्र राज कँडेलले प्रधानमन्त्री केपी शर्माओली नेपालको इतिहासमा एमालेका अन्तिम प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसदले उक्त दाबी गरेका हुन् । ओलीका यस्तै अभिव्यक्तिहरुका कारण आज आफ्नो सााथ लडेका सहकर्मीहरु पनि ओलीले गुमाउँदै गएको सांसद कँडेलले बताए । कुनै पनि हालतमा कुर्सीको छोड्न नसक्ने प्रधानमन्त्रीको ओलीको बानी यस्तै रह्यो भने एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली हुनसक्ने उनले बताए ।


ADVERTISEMENT

# # #


विस सं. २०७४ को निर्वाचनको प्रचारप्रसारका क्रममा वर्तमान प्रधानमन्त्री केपी शर्माओलीले गोरखाको पालुङटार पुगेर तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा नै नेपाली कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने बताएका थिए । २०७४ पुससम्म मात्रै मुलुकमा कांग्रेसको प्रधानमन्त्री रहने भनेको स्मरण गराउँदै कँडेले भने, ‘यी अभिव्यक्ति सुन्दा हामीलाई लाज लाग्छ । आफ्नो पार्टीमा आफ्नै साथमा लडेका साथीहरूलाई पन्छाउँदै, मर्ज भएका दललाई बक्सनु भएन । कुर्सीको मोहले जुन किसिमको उहाँमा पीडा छ, यस्तै रह्यो भने एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै हुनेछन् ।’

उनले प्रधानमन्त्रीले संसादमा विश्वासको मत लिनै पर्ने बताए । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा प्रधानमन्त्रीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनु पर्ने व्यवस्थालाई सांसद कँडेलले स्मरण गराए ।