काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् ।


ADVERTISEMENT


प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो ।


ADVERTISEMENT

# # #


सभापति देउवाले सोमबार एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

सभापति देउवाले पार्टी सङ्गठन, नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा प्रधानाङ्गले निर्वाह गरेको योगदान सदा स्मरणीय रहने उल्लेख गरेका छन् ।

स्व. प्रधानाङ्ग विसं २००७ देखि २०१० सालसम्म कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको सभापति, २०१६ सालमा राष्ट्रिय योजना आयोगको सदस्य, २०४८ सालमा राष्ट्रियसभाको सदस्य र विसं २०४८ देखि २०५० सालसम्म वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएका थिए । विसं २०१७ मा प्रजातन्त्र अपदस्थ गरिएपछि कांग्रेसद्वारा सञ्चालन गरिएको सङ्घर्षका क्रममा पक्राउ परी उनले करिब एक वर्ष जेल जीवनसमेत व्यतित गरेको पार्टी कार्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापनसमेत गरेका स्व. प्रधानाङ्गले राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याएका थिए । ।

यसैगरी सभापति देउवाले सोमाबार नै कांग्रेस ताप्लेजुङका पूर्व सहसभापति एवं तत्कालीन नेपाली कांग्रेस )प्रजातान्त्रिक( ताप्लेजुङका पूर्वसभापति डीबी राईको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् । उनको यही चैत २२ गते उपचारका क्रममा झापा लैजाँदै गर्दा बाटोमा निधन भएको थियो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले एक सरल र निष्ठावान अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । छ विसं २०३६ मा कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङको सचिव रहेका स्व. राईले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ ।

वि.सं २००४ मा जन्मिएका स्व. राईका चार छोरा र दुई छोरी छन् । रासस