पोर्चुगल– नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको निर्वाचन सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको निर्वाचन मंगलबार सम्पन्न भएको हो ।


ADVERTISEMENT


निर्वाचनमा अध्यक्षको पदभारको जिम्मा ओम शर्मालाई निर्विरोध रुपमा सुम्पिएको छ । यस्तै, कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा नीलम घिमिरे निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी सदस्यहरूमा भने, शेरबहादुर छन्त्याल, तेज नेपाली तथा सन्तोष न्यौपाने चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य गोपाल बराइलीले पद तथा गोपनियता शपथ गराए । उनले कार्यक्रमको सो अवसरमा समग्र पत्रकारिता क्षेत्रको विकासका लागि विदेशमा रहेका पत्रकारहरुको भूमिका उत्तिकै महत्वपूर्ण हुने भाव व्यक्त गरे।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि भगीरथ योगीले निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै विदेशमा रहेर पनि पत्रकारिता गरिरहनु वास्तवमै चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन् । रासस