काठमाडौँ – नेपालको वित्तिय क्षेत्रमा २५ वर्षदेखि बैँकिङ सेवा प्रदान गर्दै आएको ‘क’ वर्गको एनसीसी बैंकले काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टसँग सम्झौता गरेको छ ।

विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरुमा बैंकले रिसोर्टसँग सम्झौता गरेको हो ।


ADVERTISEMENT

# # #


बैंक र रिसोर्टबिच एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिकृया

प्रतिकृया