कठमाडौँ– देशभर राष्ट्रिय भिटामिन ‘ए’ को कार्यक्रम आगामी वैशाखको पहिलो हप्ता हुने भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरी दोस्रो चरण अन्र्तगतको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामीवैशाख ६ र ७ गते सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयले पत्राचारमार्फत संचालान हुन् लागेको भिटामिन ‘ए’ कार्यक्रमको सहजीकरणका लागि प्रदेश, मन्त्रालयरस्थानीय तहहरुसँग समन्वय गर्न अनुरोध गरेको छ । यसका साथै उक्त अभियान सम्बन्धि आवश्यक व्यहोरा स्वास्थ्य सेवा विभागको पत्रहरुबाटै सुचित गरेको छ । इस्तै, मन्त्रालयले आगमाी वैशाखमा सञ्चालन हुन लागेको सो कार्यक्रममा स्वास्थ्य सुरक्षाका मापदण्डहरु आवश्यक रुपमा अपनाउनुपर्ने मापदण्ड समेत तयार पारेको छ ।

उक्त मापदण्ड अनुसार, भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने केन्द्रले सामाजिक दूरी कायम गर्दै भिटामिन ‘ए’ प्रति घण्टा १० जनामात्र बालबालिका उपस्थित हुने गरी व्यवस्था मिलाउने र हरेक व्यक्तिको बीचमा कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

यसैगरि, महिला स्वास्थ्य स्वयमसेविकाले भिटामिन ‘ए’ क्यापसुल काट्न प्रयोग गर्ने कैंची समयसमयमा स्यानिटाइजरले निसंक्रमण गर्न, भिटामिन ‘ए’ वितरण गर्ने केन्द्रमा साबुन पानीले हात धुने व्यवस्था मिलाउन तथा स्वास्थ्यकर्मी तथा अभिभावकहरुले अनिवार्य मास्क लगाउन समेत मन्त्रालयले स्थानिय तहलाई निर्देशन दिएको छ ।

६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल प्रदान र १ देखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधी दिइने यस अभियानमा जनस्वास्थ्यमा कोरोना संक्रमणको सुरक्षालाई ध्यानमा राख्दै मन्त्रालयले संक्रमण पुष्टि भएको बालबालिका तथा अभिभावका लागि आवश्यक औषधि घरमै उपलब्ध गराईने जानकारी समेत दिएको छ ।

 

Poliyo thopa