चरिकोट – नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दोलखाको अध्यक्षमा दिपशङ्कर चौलागागाईं निर्वाचित भएका छन् । यही चैत २५ गते भएको निर्वाचनमा प्रेस चौतारीका केदार शिवाकोटीलाई १० मतान्तरले पराजीत गर्दै नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र प्रेस चौतरी नेपालको गठबन्धनको तर्फबाट चौलागाईं विजयी भएका हुन् ।


ADVERTISEMENT


संयुक्त लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वार चौलागाईंले ५८ मत प्राप्त गरेका थिए भने शिवाकोटीले ४८ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा श्रजनकुमार घिमिरे र नविन खतिवडा तथा सचिवमा दिलबहादुर केसी, सहसचिवमा विमला बुढाथोकी र उषा तामाङ विजयी भएका छन् । ११२ जना सदस्य रहेको पत्रकार महासङ्घ दोलखाको चुनावमा १०६ मत खसेको थियो ।


ADVERTISEMENT

# # #


उदयपुर– नेपाल पत्रकार महासङ्घ उदयपुरको अध्यक्षमा भरत खड्का पुनः निर्वाचित भएका छन् । खड्काले आफ्ना अध्यक्षका अर्का प्रतिद्वन्द्वी भोटराज राईलाई ३९ भन्दा को बदला ५४ मत प्राप्त गरेर सङ्घको अध्यक्ष पदमा पुनःनिर्वाचित भएको सङ्घको निर्वाचन समितिकमा संयोजक कौशल चेमजोङले बताए ।

उपाध्यक्षमा पर्शुराम थापा र समावेशी उपाध्यक्षमा गङ्गाकुमारी राई, सचिवमा विश्वराज तामाङ, कोषाध्यक्षमा गणेश उप्रेती, सहसचिवमा ऋषी राई र समावेशी सहसचिवमा देवराज राई विजयी भएका छन् । सदस्यमा चन्द्रकुमार राई, दिनेश राई, बुद्धि राई र होम बस्नेत तथा प्रदेश पार्षदमा केदार कटुवाल र केदार थापा एवं केन्द्रीय परिषद् सदस्यमा कुशलबाबु बस्नेत र भक्तिविलास पोखरेल निर्वाचित भएका छन् ।