काठमाडौँ – पहिलो संस्करणको नेपालको एकमात्र फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को मुख्य प्रायोजन खुकुरी रमले गर्ने भएको छ ।


ADVERTISEMENT


बिहीबार एक पत्रकार सम्मेलन गर्दै एनएसएल र नेपाल डिस्टिलरी प्रा.लिको उत्पादन खुकुरीबीच मुख्य प्रयोजन गर्ने सम्बन्धी सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


सम्झौतापछि बोल्दै एनएसएलकी अध्यक्ष आश्रयताले एनएसएलको मुख्य प्रयोजकमा खुकुरी रमलाई पाउँदा खुसी व्यक्त गरिन् । ‘खुकुरीलाई एनएसएलको एक अंग बनेकोमा हामी एकदमै उत्साहित छौँ ।’ उनले भनिन्, ‘यो सम्झौताले एनएसएल र खुकुरी दुवैलाई फाइदा गर्नेछ । युवाहरुलाई खेलकुदमा विकास गर्ने हाम्रो साझा उद्देश्य सफल हुनेछ भन्ने अपेक्षा छ ।’

नेपाल डिस्टिलरी प्रा.लि.का महाप्रबन्धक सुवास लामिछानेले एनएसएलसँगको सहकार्य नेपाली प्रतिभावान युवाहरुको विकासका लागि कोशेढुंगा साबित हुने बताए । उनले भने, ‘जब संगीत, चलचित्र र खेलकुलको कुरा आउँछ, नेपाली प्रतिभालाई प्रर्वद्धन गर्नका लागि हामी सँधैं तयार छौँ ।’

एनएसएल नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा आगामी बैशाख ११ देखि जेठ १ गतेसम्म काठमाडौँको दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा ८ सहरको नामबाट बनेका फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदैछन् । टिमका खेलाडीहरुको अक्सनमार्फत यसअघि नै छनोट भइसकेको छ भने कप्तान र प्रशिक्षक पनि चयन भइसकेका छन् ।