पोखरा – नेकपा विभाजनपछि सबैभन्दा सुरक्षित देखिएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद धरापमा परेको छ ।


ADVERTISEMENT


माओवादी केन्द्रले चैत २५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्ना २ मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री गुरुङ संकटमा परेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेस र माओवादीले गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर नयाँ सरकार बनाउने तयारी गरिरहेको बेला जनमोर्चाले भने मुख्यमन्त्री सुब्बालाई साथ दिने बताइरहेको थियो । तर जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने र अविश्वासको प्रस्तावमा साथ दिने बताएपछि तीन पार्टी मिलेर नयाँ सरकारको तयारीमा जुटेका छन् । केसीले सांसद्हरुलाई सरकारलाई समर्थन नगर्न निर्देशन नै दिएपछि बुधवार काँग्रेस र माओवादीले वैठक राखेको थियो । उक्त वैठकले सरकारविरुद्ध आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेपछि गुरुङ नेतृत्वको सरकार ढल्ने पक्का जस्तै भएको हो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् ।