काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेदरल्याण्डले नेपाललाई १३५ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको हो । नेदरल्याण्डका लागि वास डी लीडले सर्वाधिक ४१ रन प्रहार गरे । ४९ बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै स्कट इड्वार्डस्ले ३१ रन बनाए । साहब आलमको बलमा आशिफ शेखबाट क्याच आाउट हुनुअघि ३२ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे ।

नेपालका लागि नेपाललाई पहिलो सफलता दिलाएका सन्दीप लामिछाने सर्वाधिक विकेट लिए । ओभर बलिङ गरेका उनले ४ ओभरमा २२ रन खर्चिँदै २ विकेट लिए ।

यस्तै साहब आलम र सोमपाल कामीका नाममा १–१ विकेट रह्यो ।

नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।