काठमाडौँ – युवा ब्याट्सम्यान कुशल भुर्तेलले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेदरल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।


ADVERTISEMENT


नेदरल्याण्डले दिएको १३७ रनको लक्ष्य पच्छ्याउने क्रममा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुशलले अर्धशतक पूरा गरेका हुन् । उनले आफ्नो टी–२० अन्तर्राष्ट्रिय डेब्यू खेलमै ३० बलमा ५ चौका र ४ छक्काको मदतमा अर्धशतक बनाएका छन् ।


ADVERTISEMENT

# # #


नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ । क्रिजमा कुशल ५०  रन र आशिफ शेख २४ रन बनाएर खेलिरहका छन् । ताजा अवस्थामा नेपाल ८ ओभरका बिना कुनै विकेटको क्षतिमा ८२ रन बनाएको छ ।