सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरी सरकार जोगाउने एमालेका ३ सांसद्लाई मन्त्री बनाएका छन् ।


ADVERTISEMENT


शनिवार मन्त्रिपरिषद् पुनःगठन गर्दै उनले फ्लोर क्रस गर्ने नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्रीमा नियुक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


बुढा, थापा र शाहीले मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा पार्टीको ह्वीपविरुद्ध फ्लोर क्रस मत दिएका थिए ।

एमाले प्रदेश कमिटीले भने तीन सांसद्लाई ह्वीप नमानेको भन्दै पार्टीबाट निश्काषण गरिसकेको छ ।