काठमाडौँ – १० वर्षमा मुलुकको अर्थतन्त्र एक सय अर्ब डलरको बनाउने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघले ५० स्टार्टअप, ५० लगानीकर्ता योजना सञ्चालन गरिरहेको छ ।


ADVERTISEMENT


महासंघले ५० जना लगानीकर्तालाई जुटाएर कम्तीमा पनि ५० उद्योगमा लगानी जुटाइदिन मध्यमार्गी भूमिका खेलेको हो । ती ५० लगानीकर्ताले कम्तीमा पनि एउटा उद्योगका लागि लगानी गर्नुपर्नेछ भने लगानीकर्तालाई आईडिया मन परे सोभन्दा बढी उद्यमीमा पनि लगानी गर्न सक्नेछन् । महासंघले अघिल्लो वर्ष चैत दोस्रो साता काठमाडौँमा पत्रकार सम्मेलन गरी उक्त योजनाको जानकारी गराएको थियो ।


ADVERTISEMENT

# # #


यसैका लागि महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजना अनुसार मेन्टरसिप सहयोग सहित महासंघका लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक स्टार्टअप उद्यमीहरूसंग आजबाट आवेदन आव्हान गरेको छ । आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिएको छ । समितिले गएको चैत्र ९ गते एक पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासंघको वेभसाइट मार्फत प्राप्त गर्न सकिने छ ।

महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसंग आवद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसंग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ । नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन गरिएको हो ।

एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन, आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिस्ट्रेसनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवर्द्वक/संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने छ

महासंघको वेभसाइटमा https://fncci.org/news/detail.php?i=2958 बाट अनलाइन आवेदन फारम प्राप्त गर्न
सकिनेछ ।