काठमाडौँ – काठमाडौं महानगरपालिका १५ स्वयम्भू स्थित मञ्जुश्री खेल मैदान तथा पार्कको सञ्चालनमा आएको छ । प्रतिनिधि सभा सदस्य जीबराम श्रेष्ठले पार्कको उद्घाटन गरे ।


ADVERTISEMENT


स्थानीय जनसमुदायको माग अनुसार निर्माण कार्यको लागि काठमाडौं ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत बजेट बिनियोजन गरिएको थियो ।


ADVERTISEMENT

# # #


No description available.

मञ्जुश्री खेल मैदान समितिका अध्यक्ष श्याम प्रधानको सभापतित्व भएको समुद्घाटन कार्यक्रममा कामपा १५ का अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रबक्ता ईश्वरमान डंगोल, कामपा १५ वडा सदस्यहरु, महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक निरञ्जन दत्त भट्ट, कामपा १५ वडा सामुदाय प्रहरीका सचिब राजा शाक्य, समाजसेवीहरु, समितिका पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो।

No description available.