काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनका लागि कांग्रेस अगाडी बढ्न नसकने बताएका छन् ।


ADVERTISEMENT


आइतबार बूढानीलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले वर्तमान सरकार बहुमत कै हैसियतमा रहेकाले माओवादीले समर्थन फिर्ता लिए मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाको भनाइ छ । ‘माओवादीले समर्थन फिर्ता लिइनसकेकाले अहिलेको सरकारलाई बहुमतको संयुक्त सरकार मान्नुपर्छ । बहुमतको सरकारमा हामीले निहूँ खोज्ने कुरा छैन ।’ उनले भने, ‘हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने बेला पनि छैन ।’

उनले देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको बताए । तर, परिस्थितिले नेतृत्व गर्नैपर्ने अवस्था सिर्जना भए पछि नहट्ने देउवाको भनाई छ ।

सर्वोच्चको आदेशपछि नेकपाभित्रका दुई पक्ष पुरानै दलमा फकिएको भन्दै उनले नेपालको राजनीतिक महत्वपूर्ण मोडमा उभिएको बताए ।