काठमाडौँ – एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा ग्राहक हेरचाह (कस्टुमर केयर) सेवाको शुरुवात गरेको छ ।


ADVERTISEMENT


ग्राहकको समस्या समाधान तथा जिज्ञासा सम्बोधनका लागि बैंकले आफ्नो डिजिटल एपमा नयाँ सेवाको थालनी गरेको हो । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुपसेवा तथा सुविधालाई डिजिटलमैत्री बनाउन यो सेवाको शुरुवात गरिएको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


अब एपकै च्याटबटबाट एनआइसीका ग्राहकले मोबाइल बैंकका अनलाईन सेवाहरू (ईन्टरनेट/मोबाइल/भाइबर/मिस्ड कल बैंकिङ्ग तथा क्युआर मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमा जानकारी पाउन सक्नेछन् ।

एपमा बैंकले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर जानकारी लिन सक्ने सेवा थप गरेको छ ।

एपबाट ग्राहकले टिकटमार्फत गुनासो दर्ता गरेर समाधानको कहिले हुन्छ भनेर पनि जानकारी पाउन सक्नेछन् । बैंकको डिजिटल सेवाको प्रयोग कसरी गर्ने भन्ने भिडियो समेत एपबाट हेर्न सकिने बनाइएकोमा बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्न तथा तिनका उत्तरहरू अध्ययन समेत गर्न सकिने बनाइएको छ ।

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकका रुपमा एनआईसीले मुलुकभर ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।