काठमाडौँ – नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक विक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ ।


ADVERTISEMENT


अफर अनुसार ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाख सम्म पाउन सक्नेछन, साथै २ लाख सम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


उक्त अफर अन्तर्गत स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, सात बर्ष सजिलो फाइनान्स, तीन बर्ष वारेन्टी, ३ वर्ष निःशुल्क सर्भिसिङ्ग र रु. ११,००० बराबरको निःशुल्क एक्सेसरिजसम्म प्रदान गर्ने भएको छ ।

स्याङयोङ्ग नव वर्ष अफर २०७८ साल बैशाख १ गते देखि वैशाख ३१ गते सम्ममात्र हुनेछ ।

स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारण कम्पनीका दक्ष इन्जिनियरहरु हुन् । उनिहरुका अन्य मोडलहरु एसयूभीएस, पिकअप ट्रक्स र एमपीभीएस रहेका छन् ।