बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद जोगाउन आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई नै मन्त्री बनाइदिएका छन् ।


ADVERTISEMENT


सोमबार मुख्यमन्त्री पोखरेलले आफूविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपा तीन र हस्ताक्षर नगरेका एक सांसदलाई मन्त्री पद उपहार दिएका हुन् । मन्त्री पद पाउनेमा सन्तोष पाण्डे, विजयवहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री तथा सुमन रायमाझी रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले आजै शपथ पनि लिइसकेका छन् । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको उक्त अविश्वासको प्रस्तावमा पाण्डे, यादव र रायमाझीको हस्ताक्षर समेत रहेको थियो ।

प्रदेशसभामा सत्तारुढ दल नेकपा (एमाले)का ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् । एमालेमा प्रवेश गरेको जनाउँदै आफ्ना दुई सदस्यलाई कारवाही गरेपछि माओवादी केन्द्रमा १७ जना सदस्य कायम छन् । लुम्बिनी प्रदेशमा सरकार बनाउन ४३ प्रदेशसभा सदस्य आवश्यक हुन्छ ।