काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतनेदरल्याण्डविरुद्ध नेपालले टस जितेर ब्याटिङ राजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले तेस्रो तथा नेदरल्याण्डसँगको दोस्रो खेलमा सुरुमा बलिङ गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


आजको खेलमा नेदरल्याण्ड पहिलो खेलमा ब्यहोरेको हारको बदला लिन चाहन्छ भने नेपाल आफ्नो विजयी यात्रालाई कायमै राख्न चाहन्छ ।


ADVERTISEMENT

# # #


नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा गत शनिबारदेखि सुरु भएको सिरिजमा नेपाल, नेदरल्याण्ड र मलेसिया भिड्दैछन् । नेपालले पहिलो खेलमा नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने मलेसियासँग पनि ९ विकेटले नै जित हात पारेको थियो ।

नेदरल्याण्डले मलेसियालाई १५ रनले हराएको थियो । डबल राउन्ट रोबिनमा चल्ने प्रतियोगितामा उत्कृष्ट दुई टिमले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली :
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, साहब आलम र अभिनास बोहरा ।