काठमाडौँ – काठमाडौं जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाइ कडा रुपमा कार्यान्वयन गराउने भएको छ ।


ADVERTISEMENT


मंगलबार बसेको समिति बैठकले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई प्रभावकारी र कडा रुपमा कार्यान्वयन गराउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


सरकारले जारी गरेको आदेश कार्यान्वयन भए नभएको अनुगमन गर्न उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले अनुगमन टोली बनाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै कोरोना न्युनिकरण गर्न आवश्यक अन्तक्र्रिया, छलफल र जनचेतनामूलक कार्यक्रम गरिने उनले बताए ।