काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद क्षेत्रमा राजनीति हुन नहुने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा नेपाल खेलकुद महासंघको भेलामा बोल्दै सिलवालले खेलकुद क्षेत्रमा राजनीति हुन नहुने तर राजनीतिक दलले खेलकुदलाई आफ्नो अंग बनाउनुपर्ने बताएका हुन् । उनले भेलामार्फत संगठन निर्माण गरेर खेल क्षेत्रको बिकास गर्न खोज्नु सकारात्म रहेको बताए ।


ADVERTISEMENT

# # #


सिलवालले खेल क्षेत्रमा लागेका व्यक्तिहरुको उचित सम्मान आवश्यक रहेको भन्दै राखेपले त्यसको सुरुवात गरेको बताए । राखेपले खेलकुदलाई आर्थिक रुपमा जोड्न फ्रेन्चाइज खेल आयोजना गर्न लागेको उनले जानकारी दिए ।

त्यस्तै खेलकुदलाई सवै जिल्लामा पुराउन राखेपले योजना निर्माण गरेको बताए ।

नेपालको बाम लोकतान्त्रीक आन्दोलनका आधारभूत मान्यतालाई समेत ध्यान दिई खेल क्षेत्रको विकासका लागि भेला आयोजना गरिएको महासंघले जनाएको छ ।