काठमाडौँ – यही वैशाख ११ गते प्रधानमन्त्रीद्वारा नवनिर्मित धरहराको उद्घाटन गर्ने भएपछि दिनरात कामदारहरु निर्माणमा जुट्दै छन् ।


ADVERTISEMENT


२०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहराको पुनःनिर्माणको काम नसकिँदै प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भएपछि कामको कामदारलाई चटारो परेको हो । अहिले स्तम्भमा गजुर राख्नेदेखि रंगरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT

# # #


१८३२ मा भिमसेन थापाले भिमसेन स्तम्भका रुपमा निर्माण गर्न लगाएको धरहरामा ११ वटा तला थिए । पछि १९९० को भूकम्पको क्षतिपछि ९ वटा तलामा मात्र सीमित भएको धरहरालाई बाहिरबाट ११ वटा तला जस्तो देखिने गरि निर्माण गरिएको छ ।

हाल स्तम्भ तयार हुन लागेकोमा पूर्णतया धरहरा तयार हुन भने अझैँ कम्तीमा ९ महिना लाग्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । सर्वसाधारणले धरहरा आगामी माघ महिनापछि मात्रै चढ्न पाउनेछन् ।

धरहराको नयाँ उचाइ गजुरसहित २ सय ४५ मिटर हुनेछ । सरकारले धरहरा पुनःनिर्माणको काम पुनःनिर्माण प्राधिकरणलाई दिएकोमा प्राधिकरणले ठेक्कामार्फत २०७५ भदौमा जीआईईटीसी–रमन कन्स्ट्रक्सनलाई धरहरा बनाउने जिम्मा दिएको थियो ।

त्यसको २ महीनादेखि नै रमनले काम शुरु गरेकोमा सम्झौताअनुसार २०७७ कात्तिकसम्ममा रमनले पुनःनिर्माणको काम सक्नुपर्ने थियो । तर कोरोनाका कारण काम गर्न नसकेको भन्दै कम्पनीले समय माग गरेकोमा प्राधिकरणले ९ महीना समय थप गरेको थियो ।

सबै तस्बिर : रासस