काठमाडौँ – मर्यादा पुरुषोत्तम श्री रामको पुजा आराधना गरि बुधबार रामनवमी पर्व मनाईएको छ ।


ADVERTISEMENT


हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । भगवान रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । रामनवमीको अवसरमा राममन्दीरमा भक्तजनको भिड लागेको थियो ।


ADVERTISEMENT

# # #


असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा आज राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको छ ।

त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका विभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ । यो दिन जनकपुरको प्रसिद्ध दूधमति नदीमा नुहाई रामजानकी मन्दिरमा पूजापाठ गर्दा मनोकांक्षा प्राप्त हुने जनविश्वास छ ।