काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीबीचको भेट सकिएको छ । बुधबार साँझ नक्सालस्थित एक होटेलमा भएको वार्ता भर्खरै सकिएको हो ।


ADVERTISEMENT


दुई नेताबीचको वार्ता सकारात्मक भएको प्रधानमन्त्री केपी शर्माओलीका आर्थिक सल्लाहकार मोति दुगडले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘वार्तापछि दुवैजना प्रशन्न मुद्रामा निस्किएको देख्नु भयो । दुवैजना परिपक्व नेताहरु हुुनुहुन्छ । वर्षौं सँगै काम गरेको । राम्रै हुन्छ होला । सकारात्मक सुरुवात हो । ’

भेटमा एमाले उपमहासचिव विष्णु पौडेल पनि सहभागी भएका थिए ।