काठमाडौँ – करण केसीले विष्फोटक ब्याटिङ गरेपछि नेपालले काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा मलेसियालाई २१८ रनको विशाल चुनौति दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले मलेसियालाई विशाल चुनौति दिएको हो । निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनायो । सातौँ नम्बरमा आएका करण केसीले  १३ बलमा ७ छक्का ठोक्दै ४५ रन जोडेपछि नेपालले विशाल योगफल तयार पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालको पहिलो विकेटका रुपमा कुशल भुर्तेल १२ बलमा २ छक्काको मदतमा १६ रन बनाएर आउट भए भने दोस्रो विकेटका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल २५ बलमा ४२ रन बनाए । आउट हुनुअघि उनले १ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै आशिफले ३ चौका र ३ छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ३३ रन र दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ७३ रनको साझेदारी गरे ।

यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ बलमा ५ चौका र १ छक्काको मदतमा ३३ रन जाडे भने कुशल मल्ल १० बलमा २ छक्काको मदतमा १९ रन बनाउँदै नटआउट रहे । विनोद भण्डारीले ८ रन बनाए । सोमपाल २ रनमा आउट भए ।

मलेसियाका लागि कप्तान शेयद अजिज, अनवर रहमान, र फित्री शामले समान २–२ विकेट लिए । मलेसियाले जवाफी ब्याटिङ गर्दैछ ।

पहिलो खेलमा मलेसियालाई ९ विकेटले हराएको नेपाल आज पनि शानदार जित हात पार्ने लक्ष्यमा छ ।