काठमाडौं– एमालेबाट टिकट नपाएपछि राजिव गुरुङ उर्फ दीपक मनाङ्गेले प्रदेशसभाका लागि मनाङ खबाट स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । यद्यपि उनी एमालेको झन्डासहित उमेदवारी दर्ता गराउन पुगेका थिए ।


ADVERTISEMENT


यसअघि एमाले मनाङ क बाट प्रदेशसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भए पनि केन्द्रले अन्तिममा नाम काटेको थियो । उनको ठाउँमा खन्डा लामालाई पार्टीले टिकट दिएको हो । उनीसँगै प्रतिनिधिसभाको लागि पाल्देन छोपान गुरुङ र प्रदेशसभाको लागि दोर्जे डन्डुल शेर्पाले पनि सँगै उमेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT

# # #


उमेदवारी दर्ता गरेपछि संक्षिप्त कुराकानी गर्दै मनाङ्गेले भने, “मलाई मनाङका जनताले मन पराएका छन् । म चुनावी तयारीमा जुटिसकेको छु । स्वतन्त्र उठेरै भएपनि चुनाव जित्छु। एमालेले नदिए पनि सबैको चाहनाअनुसार म चुनाव लड्छु,”

यसअघि राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे सम्पूर्ण कार्यसमिति नै साथमा लिएर एमाले प्रवेश गरेका थिए ।