काठमाडौँ – विभिन्न नाकाबाट काठमाडौँ प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा क्वारिन्टन र होम आइशोलेसनमा बस्नुपर्ने भएको छ ।


ADVERTISEMENT


कोरोना संक्रमण बढेसँगै सोमबार साँझ काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौँ भित्रिनेहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारिन्टन र होम आइशोलेसनमा बस्नुपर्ने आदेश जारी गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै काठमाडौँ उपत्यकामा वैशाखख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्देशन दिइएको छ ।