काठमाडौँ – सरकारले बुधवारदेखि काठमाडौँ उपत्यकामा दुई साता निषेधाज्ञा लगाउँदैछ । तर यो अवधिमा पनि शेयर बजार भने खुलै रहनेछ ।


ADVERTISEMENT


नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले निषेधाज्ञा अवधिभर शेयर बजार खुलै रहने सूचना जारी गरेको हो ।


ADVERTISEMENT

# # #


अनलाइनबाट शेयर खरिद विक्री गर्न सकिने र शेयर खरिद गरेको रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने बताउँदै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले शेयर बजार बन्द नहुने जानकारी दिए ।

२०७६ चैत ११ गतेदेखि भएको अघिल्लो वर्षको लकडाउनको अवधिमा नेप्से ५० दिन बन्द भएको थियो ।