पोखरा – नेपाली काँग्रेस, जनता समाजवादी र माओवादी केन्द्रले संयुक्त रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सांसद्हरुलाई होटलमा राखिएको छ ।


ADVERTISEMENT


अविश्वासको प्रस्तावबारे छलफल गर्न सोमवारदेखि शुरु प्रदेशसभाको विशेष अधिवेशन मंगलवारसम्म चल्दैछ ।


ADVERTISEMENT

# # #


बोल्ने क्रम सक्किएपछि बुधवार मतदान हुँदैछ ।

तर मतदानमा विभिन्न प्रलोभनमा परी सांसद्हरु प्रलोभनमा परेर फ्लोर क्रस गर्ने डरले अविश्वास दर्ता गराएका दलका सांसदहरुलाई लेकसाइडस्थित रिसोर्टमा राखिएको छ । सांसद्हरुलाई लेकसाइडस्थित कुटी रिसोर्टमा राखिएको हो । मतदानमाअविश्वास प्रस्ताव ल्याएका तीन दलमा ‘फ्लोर क्रस’ को डर देखिएको छ ।

मतदानसम्म होटलबाटै संसद्सम्म आवतजावत गर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।