काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले गरेको बन्दाबन्दी अवेज्ञा गरी यातायात चलाउने बताएको छ ।


ADVERTISEMENT


लोभ–लाभमा परेर सरकारले हवाइ उडान बन्द नगर्ने तर सडक यातायात बन्द गर्ने निर्णय गरेको भन्दै महासंघले यातायात चलाउने बताएको हो ।


ADVERTISEMENT

# # #


महासंघका महासचिव सरोज सिटौलाले सरकार कोरोना नियन्त्रणमा गम्भीर भएर नलागेको आरोप लगाए । कोरोना नियन्त्रणमा सबै क्षेत्र उत्तिकै प्रभावकारी ढंगले लाग्न पर्ने भएपनि सरकारले ठूला डिपार्टमेन्ट स्टोर, प्लेन लगायतका क्षेत्र खोल्ने तर साना व्यवसाय र सडक यातायात बन्द गर्ने निर्णय गरेकाले यसले रोग नियन्त्रण नहुने बताए ।

‘कोरोना नियन्त्रणका लागि हामी केही समय यातायात बन्द गर्न तयार छौँ, तर प्लेन चल्न दिने सडक यातायात मात्र बन्द गर्ने निर्णय मान्दैनौँ,’ उनले भने, ‘यसरी लकडाउन मात्र थपिन्छ कोरोना नियन्त्रण हुँदैन, लकडाउन थपिदै गएर रोगले भन्दा हामी भोकले मर्छौँ ।’

सिमा नाका कडाइ गरेर केही समय सबै क्षेत्र बन्द गरी संक्रमण ब्रेक गर्नुपर्नेमा सरकारले केही क्षेत्र खुला राखेर संक्रमण पनि बढाउने र साना व्यवसायीलाई मात्र बन्देज लगाउन खोजेको बताए । लोभ लाभमा परेर सरकारले यस्तो निर्णय गरेकाले सरकारको निर्णय उल्लंघन गरी गाडी चलाउने उनले बताए ।

‘कोरोना भाइरस गाडीबाट सर्छ भने प्लेनबाट सर्दैन ? मानवीय जोखिम कम गर्न हामीले सरकारलाई बारम्बार सहयोग गरेका छौँ । तर, हवाइ सेवा खुलै राखेर यातायात मात्र बन्द गर्न पर्ने भए गर्दैनौँ,’ उनले भने ।