काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव तत्काललाई टरेको छ ।
बुधवार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएपनि सत्तारुढ दल नेपाली काँग्रेसले तत्कालै अविश्वासको प्रस्ताव नचाल्ने भएको हो ।
काँग्रेसले आफू पक्षीय सांसद्को हस्ताक्षर संकलन गरिसकेकोमा जनता समाजवादी दल (जसपा)ले निर्णय गरेलगत्तै संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो ।
जसपाका नेताहरु बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीविरुद्ध कट्टर रुपमा उभिएपनि जसपाभित्रै एक पक्षले साथ नदिएपछि निर्णय हुन सकेको छैन । यद्यपि, यसै विषयमा छलफल गर्नमंगलवार बसेको जसपाको बैठकमा नेताहरू एजेण्डामा प्रवेश नै नगरी उठेका थिए ।
जसपाको कार्यकारिणी समितिको बैठक अनिर्णित हुँदा अविश्वासको प्रस्ताव केही दिन धकेलिने काँग्रेस नेता गगन थापाले बताए । ‘संख्या नपुगी अविश्वासको प्रस्ताव दर्ता नगर्ने भनेर हामीले भन्दै आएका छौँ,’ उनले भने, ‘जसपालेले आज पनि निर्णय लिन नसकेपछि अहिलेलाई अविश्वासको प्रस्ताव केही समयका लागि पछाडि धकेलिएको छ ।’