डोल्पा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यान्वयन इकाई प्रमुख हसमुल्ला खाँले दाँते घुससहित पक्राउ परेका छन् ।


ADVERTISEMENT


ओखरको बिरुवा उत्पादन गरे वापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस माग गरिरहेको भन्ने सूचना आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले स्याउ जोन डोल्पाका कार्यालय प्रमुख दाँतेलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


उनलाई नगद रु. २५ हजार घुससहित कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।